बंगलादेशमा प्र्रधानमन्त्री सेख हसिना वाजेदको तस्बिर अर्धनग्न महिलासँग जोडेर फेसबुकमा राख्ने एक व्यापारी पक्राउ परेका छन् । तस्बिरमा प्रधानमन्त्री र अर्धनग्न युवतीको तस्बिर राखेका ब्यापारी सरिफुल इस्लामलाई घरमै पुगेर प्रहरीले पक्राउ गरेको स्थानीय प्रहरी प्रमुख चौधरी अबुल कलामले बताएको एएफपीले जनाएको छ ।
ढाकादेखि १ सय ५० किलोमिटर टाढाको मैज्दी भन्ने ठाउँमा घरमै पुगेर प्रहरीले सरिफुलको फेसबुक खोल्न लगाउदा उनले प्रधानमन्त्री बाजेदको तस्बिर एक अर्धनग्न महिलासँगै जोडेर फेसबुकबाट सार्वजनिक गरेको पाइएको प्रहरीले जनाएको छ । घटनामा दोषी पाइए विज्ञापन ब्यवसायी सरिफुललाई १० बर्षसम्मको जेल सजाय हुनसक्ने स्थानीय प्रहरी प्रमुख कलामले जानकारी दिनुभयो ।
फेसबुकमा अभद्र सामग्री तथा आपत्तिजनक स्टाटस पोष्ट गरेकोमा बंगलादेशमा सन् २०१२ का ७ महिनामा ३ जनालाई कारबाही गरिएको छ । पछिल्लो समय खास गरी उच्च पदाधिकारीको चरित्र हत्या गर्ने तथा अश्लिल तस्बिर र सामग्री सार्वजनिक गर्ने क्रम बढेको छ ।
–एजेन्सीको सहयोगमा
0 comments:
Post a Comment