काठमाडौ, साउन ११ –
अनुगमनमा बाधा पुर्याएको भन्दै उच्च माध्यमिक शिक्षा परिषद्ले ललितपुर जावलाखेलमा रहेको सेन्ट मेरिज उच्च माध्यमिक विद्यालयका प्राधान्याध्यापक र व्यवस्थापनका अधिकारीसँग स्पष्टिकरण लिने भएको छ । बुधवार अनुगमनका लागि गएको कार्यदललको टोलीलाई विद्यालयमा प्रवेश गर्न नदिएपछि परिषद्ले बिहीबार स्पष्टिकरण लिन लागेको हो ।
विद्यालयको ढोका बाहिर आधा घण्टासम्म उभिँदा पनि अनेक बाहाना देखाएर विद्यालयले अनुगमन गर्न नदिएको कार्यदललका सदस्य प्रकृति अधिकारीले बताउनुभयो । पहिलै जानकारी गराएर जाँदा पनि अनुगमनमा बाधा पुर्याएकाले सोधपुछ गर्न लागेको परिषद्ले जनाएको छ । अनुगमनका क्रममा धेरैजसो विद्यालयले विज्ञापन गरेजस्तो विद्यार्थीलाई सुविधा नदिईएको पाईएको छ ।
0 comments:
Post a Comment