साउन ११ – जापानका अधिकांश कार उत्पादक कम्पनी बेलायतमा सबैभन्दा बढी विश्वसनीय ब्रान्ड बनेका छन् । कारका ब्रान्ड र तिनको विश्वसनीयताका आधारमा गरिएको एक सर्वेक्षणमा होन्डा, टोयोटा र लेक्सस ब्रान्डलाई बेलायती कार प्रयोगकर्ताले सबैभन्दा भरपर्दा ब्रान्डका रुपमा लिने गरेको पाईएको हो ।
तीन देखि १० वर्ष पुराना ब्रान्डमा आधारित सर्वेक्षणमा जापानी कम्पनीहरु सुजुकी र सुबारु पनि भरपर्दा ब्रान्डको सूचीमा चौथो र पाँचौ स्थानमा परेका छन् । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई छैठौं तथा जापानको माज्दा साँतौ र मित्सुबिसी आठौं नम्बरमा छन् । बिलासी मानिएको ल्यान्डरोभर, अडी, जगुआर र मर्सिडिज भने कम विश्वसनीय १० भित्र परेका छन् ।
अमेरिकी कार निर्माता सेभ्रोले गैरएशियाली ब्रान्डमा सबैभन्दा विश्वसनीय देखिएको छ । सर्वेक्षणमा सामेल कार प्रयोगकर्ताले जापानी ब्रान्ड निशान र दक्षिण कोरियाको कियालाई खराब ब्रान्ड मानेका छन् । कार प्रयोगको शुरुवात देखि पहिलो पल्ट बिग्रेको समय तथा प्रयोगमा सहजताका आधारमा उपभोक्ताले कारलाई भरपर्दो वा खराब भएको बताएका हुन् ।
कठिन परिस्थितिमा पनि विश्वसनीयता कायम रहनु उपभोक्ताका लागि निकै महत्वपूर्ण रहेको ठहर गर्दै सर्वेक्षण प्रतिवेदनमा बिलासी मानिएका गाडीहरुलाई लोकप्रिय बनाउन अझै सुधार गर्नुपर्ने सुझाव दिईएको छ ।
0 comments:
Post a Comment