Join us on Facebook Follow us on Twitter

share

Click

Tuesday, July 17, 2012

अमेरिकामा ५६ वर्ष यताकै ठूलो खडेरी

साउन २ – अमेरिकामा सन् १९५६ यताकै सबैभन्दा ठूलो खडेरी परेको छ । राष्ट्रिय सामुन्द्रिक तथा वायुमण्डलीय प्रशासन (नोआ) ले गएको जुन महिनामा अमेरिकाको ५५ प्रतिशत क्षेत्र खडेरीको मारमा परेको जनाएको छ ।
देशको ८० प्रतिशत भागमा असामान्य रुपमा खडेरी परेककाले मकै, भटमास लगायतका अन्नबाली नष्ट भएको र अधिकांश राज्यमा डढेलो लागेको नोआको प्रतिवेदनमा उल्लेख छ । खाद्यवालीको उच्च उत्पादन हुँदै आएका १८ राज्यका खेती योग्य जमीनमा लगाईएको ३० प्रतिशत बालीको अवस्था निकै नाजुक बनेको अमेरिकी कृषि अधिकारीले अनुमान गरेका छन् ।
कृषि विभागका अनुसार खडेरीकै कारण २६ राज्यका १ हजार नगरलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ । सन् १८९५ मा मापन गरिएको तापक्रमको रेकर्ड तोड्दै यो वर्ष जुन महिनामा अमेरिकाको तापक्रम उच्च विन्दुमा पुगेको अधिकारीहरुले बताएका छन् ।
अमेरिका गहुँ, सोयाविन र मकैका लागि विश्वकै ठूलो निर्यातक भएकोले खाद्यान्नको उपलब्धतामा नकारात्मक असर पर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

0 comments:

Post a Comment