ललितपुर, साउन १ - छ महिना मात्रै ललितपुरको सुन्दरीघाटमा सुकुम्वासी
राख्न दिन प्रधानमन्त्रीले गरेको आग्रहलाई स्थानीय बासिन्दा र राजनीतिक
दलले अस्वीकार गरेका छन् । सिंहदरबारमा भएको वार्तामा उनीहरुले कुमारीघाटमा
२४ घण्टा पनि सुकुम्वासी राख्न नदिने भन्दै अस्वीकार गरेका हुन् । स्थानीय
बासिन्दाले अस्वीकार गरेपछि प्रधानमन्त्रीले सुकम्वासी राख्ने नराख्ने
विषयमा २४ घण्टाभित्र निर्णय गर्ने भन्दै समय मागेको मलपोखरी संरक्षण
संघर्ष समितिका सल्लाहकार दीपक महर्जनले जानकारी दिनुभयो ।
स्थानीय बासिन्दाले भने २४ घण्टाभित्र सुकम्वासी नराख्ने निर्णय नआए बन्द लगायतका कार्यक्रम गर्ने घोषणा गरेका छन् ।
वार्तापछि सरकारले वागमती नदी किनारबाट हटाएका मध्ये ११ घर परिवार सुकुम्बासीलाई ललितपुरको सुन्दरीघाटमा लैजाने योजना सोमवारका लागि स्थगित गरेको छ । सरकारले आइतवार ११ घर परिवारलाई सार्ने गरी सूचना सार्वजनिक गरेको थियो । सुन्दरीघाटमा सुकम्वासी राख्ने स्थानीय बासिन्दाको विरोधमा नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा नेपाल, राष्ट्रिय जनशक्ति तथा स्थानीय संघ संस्थाले समर्थन जनाएका छन् ।

0 comments:
Post a Comment