काठमाडौ, साउन १ – पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता भरतमोहन
अधिकारीले आंशिक बजेटले नागरिकका समस्या सम्बोधन गर्न नसक्ने बताउनुभएको छ ।
राजनीतिक सहमति गरी जति सक्दो छिटो पूर्ण बजेट ल्याउनुपर्नेमा उहाँले जोड
दिनुभयो ।
काठमाडौको मिडिया भिजनले सोमबार गरेको कार्यक्रममा नेता अधिकारीले
राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड
दिनुभयो । उहाँले नैतिकताकै आधारमा पनि प्रधानमन्त्रीले साउन ७ गतेपछि
राजीनामा दिनुपर्ने बताउनुभयो । आइतबार ल्याएको बजेटले नागरिकलाई सुनको
लंका बनाउने जस्तै सपना बाँड्ने काम मात्र गरेको उहाँको टिप्पणी छ ।
कार्यक्रममा नेकपा माओवादीका नेता देव गरुङले बजेट असंबैधानिक भएको
बताउनुभयो । उहाँले आंशिक बजेट १ सय ९ अर्ब हुनुपर्नेमा १ सय ६१ अर्बको
ल्याएकाले संबिधानको धारा ९६ को क अनुसार नभएको बताउनुभयो ।
यस्तै अर्थविद् डिल्लीराज खनालले सरकारले पूर्ण बजेटको तयारी गरेपनि राजनीतिक असहमतिका कारण पूर्ण बजेट ल्याउन नसकेको बताउनुभयो ।
0 comments:
Post a Comment