Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 16, 2012

हाम्रो सुन्दर बाजुरा र मालिका

अर्जुन शाह ::ekantipur.com
बाजुरा, - सिमसिमे झरी होस या मुसलधारे पानी ! त्यसैमा कठ्यागि्रदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई । एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन !
हुन पनि धार्मिक आस्था र प्राकृतिक सुन्दरताको वयान गरी नसक्नु छ बडीमालिकाको । सुदूरपश्चिममकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्य मानिने यो क्षेत्र बाजुरामा अवस्थित छ । '१४ हजार फिट उचाईमा रहेको यस भूमिमा पुगेपछि त्यहाँ पुग्दा भोगेको दुःख कष्ट त्यसै हराउँछ,' टिकापुरका एकिन्द्र तिमिल्सिनाले बडीमालिकाको महत्व चर्चा गरे ।
त्यति अग्लो भूमिमा दर्जनौ समथर हरिया फाँटहरु । अग्लो भूमिका समथर फाँटहरुलाई स्थानीय भाषामा पाटन भनिन्छ । पाटनहरुमाथि फुलेका सप्तरङ्गी फुलहरु, त्यसैमाथि सेताम्मे भेडाका बथानहरुको रमणियताले कसको मन नलोभ्याउथ्यो र ! 'बडीमालिका पुगेपछि मन चङ्गा झै हुन्छ' कैलालीका सुरज श्रेष्ठ अनुभव सुनाउँछन् ।
बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती भन्ने स्थान त झन अचम्मको छ । परापुर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको, धान, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउाका मुठाहरु जस्ताका तस्तै छन । उहिले भगवती र मैसासुर राक्षसको लडाई हुादा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किवदन्ती छ खेतीवेतीको  ।
डाँफे र मुनाल जस्ता हेरुहेरु लाग्ने दुर्लभ चराचुरुङ्गी, साथै कस्तुरी र झालर जस्ता लोपोन्मुख वन्यजन्तुको फुर्तिपन देख्दा त बडिमालिका पुगेका पर्यटक तथा तिर्थालुहरुका लागि सदा अविश्मरणीय रहिरहने बाजुराका तत्कालिन प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रशाद पाण्डे बताउँछन् ।
अझ, आस्तिकहरुका लागि त साच्चिकै भगवान प्रकट भाएको भान हुने भएपछि श्रद्धालुहरुको भक्ति र आस्थामा बडीमालिकाको महत्व उच्च छ । मागेको बरदान पुरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको हो । पुत्रलाभ, धन, विद्या वरवधु लगायतका वरदानहरु पुरा हुने भएकाले महिमा बढेको पुजारी भानुभक्त पाध्याले बताए ।
गंगा दशहरा र जनै पूणिर्मा गरी वर्षको दुई पटक बडिमालिकामा पुजाआजा हुन्छ । यसै बेला तिर्थालु तथा पर्यटकहरु यहाँ पुग्छन् । सदरमुकाम मार्तडीदेखि तीन दिनको पैदल हिडेपछि यहाँ पुगिन्छ । 
 Bajura Nepal

Badi Malika Patan, Bajura Nepal

Badi Malika Patan, Bajura Nepal

Badi Malika Patan, Bajura Nepal

Badi Malika Patan, Bajura Nepal

Badi Malika Patan, Bajura Nepal

Martadi Bazar, Bajura,Nepal

Karnali River

Badi Malika Temple in Martadi

Badi Malika Patan, Bajura Nepal

Martadi Bazar, Bajura,Nepal

Badimalika Patan view from Martadi Bazar

0 comments:

Post a Comment