३
साउन, काठमाण्डौं ।
उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले नेपालका
सिमान्तकृत समुदायमाथि राज्य र कानुनले नै विभेद गरिरहेको बताउनु भएको छ ।
असमानता र सकारात्मक विभेद विश्वव्यापी
बहसमा नेपाली सन्दर्भ विषयक तीन दिने सम्मेलनलाई आज काठमाण्डौंमा सम्बोधन
गर्दै गृहमन्त्री गच्छदारले अल्पसंख्यक, मधेसी तथा जनजातीलाई कुनै व्यक्ति
विशेष, पार्टी वा संघसंस्थाले होइन राज्य र यहांको कानुनले नै विभेद
गरिरहेको दाबी गर्नुभयो । गृहमन्त्री गच्छदारले अब बन्ने संविधान
पहिचानसहितको बनेमा मात्रै जातिय विभेद अन्त्य गर्न सजिलो हुने विश्वास
गर्नुभयो ।
सम्मलेनमा बेलायत, अमेरिका लगायत देशहरुका
ख्यातिप्राप्त विश्वविद्यालयको संलग्नता रहेको छ । तीनदिवसीय सम्मेलन
नेपाली सन्दर्भमा विभेदका जटिलता र समाधानका उपायमा केन्द्रीत रहने बताइएको
छ ।
0 comments:
Post a Comment