Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

बाँकेमा आत्महत्या बढ्यो

नेपालगन्ज, साउन ८ –
बाँकेमा एक बर्षमै १०१ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, आर्थिक बर्ष २०६८÷६९ मा अघिल्लो आर्थिक बर्ष भन्दा आत्महत्या बढेको हो । गएको आर्थिक बर्षमा झुण्डिएर ६८ जना, बिष सेवन गरेर ३२ र १ जनाले आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बिक्रमसिंह थापाले जानकारी दिनुभयो । गएको असार महिनामा मात्र ४४ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो ४ बर्षमा जिल्लामा करिब ४ सय जनाले आत्महत्या गरेको तथ्याङ्क प्रहरीसंग छ । प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०६६/६७ मा १०८ र आर्थिक बर्ष २०६७/६८ मा ९३ जनाले आत्महत्या गरेका छन् । त्यति नै संख्यामा आत्महत्या गर्न खोज्ने नागरिकहरु पनि अस्पतालमा उपचारपछि सन्चो भएर घर फर्किएका छन् ।

0 comments:

Post a Comment