Join us on Facebook Follow us on Twitter

share

Click

Wednesday, July 18, 2012

जडीबुटी निकासीको समस्या समाधान गर्न व्यवसायीको टोली भारत जाँदै

४ साउन, बाँके । सीमावर्ती क्षेत्रमा जडीबुटी निकासीमा समस्या भएपछि नेपाली उद्योगी व्यवसायीको प्रतिनीधि मण्डल उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवलाई भेट्न जाने भएका छन् ।
नेपाल-भारतबीचको सन्धि उल्ङघन गर्दै भारत उत्तर प्रदेश सरकारले जडीबुटी निकासी गर्दा रकम असुलेपछि नेपालगञ्ज, भैरहवा नवलपरासीका व्यवसायी समस्या समाधनका लागि पहल गर्न त्यसतर्फ जान लागेका हो । १५ सदस्यिय टोलीले बाँकेको रुपैडिया-बहराईच रोड, ब्रोडगेज रोड र नेपालगञ्जमा सुख्खा बन्दरगाह स्थापना गर्ने एजेण्डाका विषयमा पनि छलफल गर्ने जनाएको छ । नेपालका व्यवसायीहरुलाई सन्धी अनुरुप सुविधा नदिदा जडीबुटी निकासमा समस्या आएको छ ।
नेपाली व्यवसायीले उत्तरप्रदेशका मुख्यमन्त्री यादवका साथै वनमन्त्रीसँग भेटगरी निकासीमा भईरहेको समस्या समाधानका लागि छलफल गर्ने उद्योग बाणिज्य संघका उपाध्यक्ष राणाले जानकारी दिनुभयो ।

0 comments:

Post a Comment