अर्घाखाँची, साउन ४ – नेपाली काँग्रेस अर्घाखाँची क्षेत्र नम्बर १ का
क्षेत्रिय सभापति चन्द्रमणि पाण्डेको निधन भएको छ । असार ३१ गते मोटरसाइकल
दुर्घटनामा गम्भीर घाइते भएका पाण्डेको काठमाडौको बाँसबारी न्युरो
अस्पतालमा बिहीबार बिहान निधन भएको हो ।
पाण्डेको निधनमा शोक जनाउँदै बिहीबार अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र
चुत्राबेसी बजार तथा शिक्षण संस्था बन्द छन् । पाण्डे प्याब्सन
अर्घाखाँचीका अध्यक्ष, गैरसरकारी सस्था महासंघका जिल्ला सचिब, नेपाल पुस्तक
तथा स्टेसनरी ब्यबसायी महासंघका जिल्ला सदस्य, लायन्स क्लबका जिल्ला
अध्यक्ष लगायतका बिभिन्न संघ सस्थाहरुमा आबद्ध रहनुभएको थियो ।
0 comments:
Post a Comment