काठमाडौ, साउन ८ –
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतका नवनिर्वाचित राष्ट्रपति प्रणव मुखर्जीलाई बधाई तथा शुभकामना दिनुभएको छ । भट्टराईले सोमबार बिहान मुखर्जीलाई टेलिफोन सम्पर्क गरी बधाई दिनु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री भट्टराईले मुखर्जीको विजयमा नेपाली जनता र राजनीतिक दलहरु खुसी रहेको बताउनुभयो ।
उहाँले नवनिर्वाचित राष्ट्रपति मुखर्जीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै भावी दिनमा आपसी सम्बन्ध अझै सुमधुर हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति मुखर्जीले धन्यवाद व्यक्त गर्दै आफू नेपाल र नेपालीको सधै असल मित्र भएको बताउनुभयो । उहाँले दुई पक्षीय सम्बन्ध अझै मजवुत हुँदै जाने बताउनुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

0 comments:
Post a Comment