Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

२६ जनाले त्यागे नेपाली नागरिकता

लमजुङ, साउन ८ –
रोजगारीको सिलसिलामा बिभिन्न देशमा रहेका लमजुङका २६ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् ।
उनीहरुले आफू रहेको देशको नागरिकता लिन नेपाली नागरिकता परित्याग गरेका हुन् । आफू रहेको देशको दुतावासमा निवेदन दिएर परराष्ट्र मन्त्रालय हुँदै गृहमन्त्रालय मार्फत २६ जना लमजुङे नागरिकले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नागरिकता परित्याग गर्नेहरुमा २४ जना हङकङमा बसोबास गर्ने रहेका छन् भने ताइवान र सिङ्खापुरमा बस्ने १/१ जना रहेका छन् ।

 हङकङ आईडी लिएकाको परिवारले नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले जानकारी दिनुभयो । नागरिकता परित्याग गर्नेमा लमजुङको घनपोखराका ३ जना, बेसीशहर, नाल्मा र ढोडेनीका २/२ जना रहेका छन् । सिन्दुरे, भोजे, अर्चलबोट, बाग्लुङपानी, गाउँशहर, भलायखर्क, भोटेवडार, इमलपोखरी, बन्सार र गिलुङ लगायतका गाविसका १/१ जना रहेका

0 comments:

Post a Comment