काठमाडौ, साउन ८ –
किसानले अझै सहज रुपमा मल पाउन नसकेपनि कृषि सामग्री कम्पनीले भने हाललाई अभाव नरहेको दावी गरेको छ । धान गोडमेल गर्ने समयमा भने माग बढ्ने भएकाले अभाव हुने कम्पनीको भनाई छ । कम्पनीका अनुसार भारतबाट ल्याइएको १२ हजार ५ सय टन युरिया मलमध्ये धेरै जसो वितरण भईसकेकाले फेरि मलको अभाव हुन सक्नेछ । कम्पनीमा अहिले झण्डै ४ हजार टन मल मात्र मौज्दात छ ।
धानबालीका लागि अझै ३० हजार टन मलको आवश्यकता रहेको कम्पनीले जनाएको छ । आवश्यक मल ल्याउन भारतसित छलफल भईरहेको कम्पनीले जनाएको छ । यस्तै १० हजार टन डिएपी मलमध्ये २ हजार ५ सय टन मल नेपाल आईसकेको छ । सोमबार थप २ हजार ५ सय टन मल आउने कम्पनीले जनाएको छ ।

0 comments:
Post a Comment