३ साउन, काठमाण्डौं । राजधानीमा जारी
सार्क महिला सञ्जालको सम्मेलन आज सकिँदै छ । मंगलबारदेखि सुरु भएको सम्मेलन
काठमाण्डौं घोषणा पत्र जारी गर्दै सकिने छ ।
सम्मेलनमा दक्षिण एसियाली महिला र दिगो
विकास बारेेमा छलफलफ भइरहेको छ । दक्षिण एसियाली महिला उद्यमी परिषद्को
सहभागितामा भएको सम्मेलनमा नौ देशका ६५ जना महिला प्रतिनिधिको सहभागीता
रहेको छ ।
महिलाको शिक्षा, स्वास्थ्य र विकासका
सवालमा दक्षिण एसियाका महिलाका समस्या साझा भएकाले समाधानमा सबै राष्ट्र
एकजुट हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
0 comments:
Post a Comment