माइक्रोसफ्ट कम्पनीले माइक्रोसफ्ट अफिस सफ्टवेयरको नयाँ संस्करण सार्वजनिक गरेको छ । खासगरी ट्याब्लेट कम्प्युटरलाई लक्षित गर्दै तयार पारिएको यो सफ्टवेयर टचस्त्रिmन प्रविधिमा काम गर्ने माइक्रोसफ्टको पहिलो अफिस सफ्टवेयर हो ।
अमेरिकाको सन प|mान्सिस्कोमा अफिस
सफ्टवेयरको नयाँ संस्करण सार्वजनिक गर्दै माइक्रोसफ्टका प्रमुख कार्यकारी
स्टेभ बाल्मरले पछिल्लो नयाँ संस्करण कम्पनीको सबैभन्दा महत्वाकांक्षी
परियोजना रहेको खुलासा गरे ।
बढ्दो ट्याब्लेट कम्प्युटरको बजारमा
सफ्टवेयरको क्षेत्रमा आफ्नो प्रभुत्व जमाउनका लागि माइक्रोसफ्टले
टचस्त्रिmन प्रविधिमा चल्ने नयाँ सफ्टवेयर तयार पारेको बताइएको छ ।
ट्याब्लेटको बजारमा एप्पलको आइप्याडको दबदबा रहेको अवस्थामा माइक्रोसफ्टले
समेत सर्फेस नामको नयाँ ट्याब्लेट केही समयअघि सार्वजनिक गरेको थियो ।
अब आफ्नो ट्याब्लेटसँगै अन्य कम्पनीका
ट्याब्लेटमा समेत माइक्रोसफ्ट सफ्टवेयरको प्रयोग बढ्ने अपेक्षा कम्पनीले
गरेको छ । अफिसको नयाँ सफ्टवेयर इन्टरनेटसँग जोडिएका जुनसुकै डिभाइसमा
कामयावी हुने तथा यसले माइक्रोसफ्टको स्काइ ड्राइभ सेवामार्फत
प्रयोगकर्ताका डकुमेन्टलाई अनलाइनमै सञ्चित गरिदिने क्लाउड कम्प्युटिङ सेवा
प्राप्त हुने बताइएको छ ।
त्यसकारण यो सफ्टवेयर प्रयोग गर्ने प्रयोगकर्ताले अब आफ्नो कम्प्युटरमा डाटा सेभ गर्न सेटिङमा परिवर्तन गर्नुपर्नेछ ।
0 comments:
Post a Comment