राजेन्द्र कार्र्की/उज्यालो । जाजरकोट, साउन २ - मालपोत कार्यालय
जाजरकोटका प्रमुख तिलकराम रिजाललाई स्थानीय एक उत्श्रृङखल समुहले कुटपिट
गरेको छ । कुटपिटबाट गम्भीर घाईते भएका रिजाललाई उपचारका लागि जिल्ला
अस्पताल जाजरकोट खलंगामा भर्ना गरिएको छ । रिजालको टाउकोमा गम्भीर चोट
लागेको अस्पतालले जनाएको छ ।
खलंगा २ पिपलडाँडा स्थित लक्ष्मण शाहको घरमा रहेको मालपोत कार्यालयलाई
कार्यालय प्रमुख रिजालले खलंगा २ थाप्ले स्थित दीपकजंग शाहको घरमा सार्न
खोजेको भन्दै कुटपिट गरेको प्रहरीको आशंका छ । कुटपिटमा संलग्न खलंगा २
स्थानीय प्रयासशाह, शुशिल शाह, पेम के. सी. र दीपराज कार्कीलाई प्रहरीले
नियन्त्रणमा लिएको छ ।
आक्रमणमा संलग्न अन्य फरार रहेको र खोजी कार्या जारी रहेको प्रहरी प्रमुख
डिएसपी ईश्वर कार्कीले बताउनुभयो । कुटपिटमा संलग्नलाई प्रहरीले सार्वजनिक
अपराध सम्वन्धी मुद्दा चलाउने तयारी गरिरहेको छ ।
0 comments:
Post a Comment