Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 15, 2012

झाडापखालाबाट एक महिनामा ५ जनाको मृत्यु

डोटी, असार ३१ – सुदुरपश्चिमको पहाडी जिल्ला डोटीमा पछिल्लो एक महिनामा झाडापखालाबाट पाँचजनाको मृत्यु भएको  छ । डोटीका ग्रामीण क्षेत्र तथा सदरमुकामका विभिन्न क्षेत्रमा फैलिएको झाडापखालाका कारण मर्नेको संख्या पाँच पुगेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय डोटीका अनुसार झाडापखालाका कारण दिपायल सिलगढी नगरपालिका ६ बझगाउँमा १, कलेना गाविसमा १ तथा बगलेग गाविसमा ३ जनाले ज्यान गुमाएका छन् ।

वातावरणीय सरसफाईको कमीका साथै दुषित खानेपानीका श्रोतका कारण झाडापखालाको प्रकोप देखिएको जनस्वास्थ्य कार्यालय डोटीका बरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो । पानी उमालेर खाने तथा साबुन पानीले मात्रै हात धुने गरे धेरै हदसम्म झाडापखाला नियन्त्रण गर्न सकिन्छ ।

डाटीमा २४ जना स्वास्थ्यकर्मीको जेठ महिनामा सरुवा भएको र रिक्त स्थानमा पदस्थापन नहुँदा स्वास्थ्यकर्मीको समेत अभाव भएकोस्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा विभिन्न पदका ७० जनाको दरबन्दि रित्त छ ।

0 comments:

Post a Comment