साउन ९ –
बढी मोटोपना भएका बालबालिकामा मुटु रोगको खतरा हुने एक अध्ययनले देखाएको छ । सामान्यतया मुटुको रोग युवा अवस्थामा पुगेपछि देखिने भएपनि पछिल्लो समयमा २ वर्षदेखि १२ वर्ष उमेरका बालबालिकामा यसको खतरा देखिन थालेको नेदरल्याण्डस्मा गरिएको एक अध्ययनले देखाएको छ । ३ सय ७ जना बालबालिकामा गरिएको अध्ययनमा दुई–तिहाईमा उच्च रक्तचाप जस्तो मुटुरोगको प्रारम्भिक लक्षण देखिएको बिबिसीले जनाएको छ ।
अनुसन्धानकर्ताहरुले १२ वर्ष मूनिका ६२ प्रतिशत मोटा बालबालिकामा मुटुरोगका एक वा त्यो भन्दा बढी जोखिमका लक्षण देखिएको दावी गरेका छन् । उनीहरुले युवाहरुलाई मोटो हुन नदिनु मुख्य कुरा भएपनि सानै उमेरदेखि स्वस्थकर खाना र शारीरीक व्यायामका लागि प्रेरित गर्नमा जोड दिन सके आउँदो पुस्तालाई मुटु रोगको जोखिमबाट जोगाउन सकिने बताएका छन् ।

0 comments:
Post a Comment