Join us on Facebook Follow us on Twitter

share

Click

Monday, July 23, 2012

खडेरीको संकट समाधानका लागि भारतमा आपतकालीन योजना तयार

साउन ९ –

 खडेरीका कारण उत्पन्न संकट समाधानका लागि भारतको केन्द्र सरकारले आपतकालिन योजना तयार गरेको छ । प्रधानमन्त्री कार्यालयले खडेरी प्रभावित क्षेत्रमा बिउ, पशुको दाना र खानेपानीको वितरणलाई प्रभावकारी बनाउने गरी योजना बनाएको हो । खडेरीको समस्या समाधानका लागि कृषि तथा सहकारी विभाग र राज्य सरकारको समन्वयनमा बनाईएको संकटकालिन योजना कम वर्षा भएका क्षेत्रमा लागु गरिनेछ । प्रधानमन्त्री मनमोहन सिंहले योजना कार्यान्वयनका लागि सबै मन्त्रालय र विभागलाई निर्देशन दिनुभएको छ ।

 खडेरी र असामान्य वर्षाको स्थितिबाट जोगिन तयार रहन तथा साप्ताहिक रुपमा मनसुनको अवस्था अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । कर्नाटक, महाराष्ट्र, गुजरात, राजस्थानमा यो वर्ष कम वर्षा भएको छ । अघिल्लो वर्षको तुलनामा २२ प्रतिशत कम वर्षा भएपछि अघिल्लो वर्ष भन्दा ८० लाख हेक्टर कम क्षेत्रमा खेती भएको छ ।

 खडेरी प्रभावित राज्यका मुख्य सचिव र केन्द्रिय कृषि सचिवको बैठकले नयाँ बाली लगाउन नपाएपनि यसअघि लगाईएका बाली जोगाउन सकिने तर त्यसका लागि अतिरिक्त डिजल र बिजुली आवश्यक पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

0 comments:

Post a Comment