नेपालगञ्ज, साउन ९ –
मध्य र सदुरपश्चिमका ६ जिल्लामा रहेका मुक्त कमलहरीका लागि छात्रवृत्ति र सीपमुलक तालिमका लागि छुट्याइएको बजेटको ठुलो हिस्सा यसपटक पनि खर्च हुन नसकी फिर्ता भएको छ । मुक्त कमलहरी बिकास मञ्चका अनुसार पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा आर्थिक बर्ष २०६८/०६९ मा करिब १३ करोड रुपैया खर्च हुन नसकी फिर्ता भएको छ ।
सरकारले गएको आर्थिक वर्षमा पुर्व कमलहरीका लागि १६ करोड रुपैँया छुट्याएको थियो । सरकारले २०६८ साल चैत १८ गते मुक्त कमलहरी संबन्धि निर्देशिका जारी गरेपनि आफुहरुले उठाउँदै आएका माग सम्बोधन नहुँदा सरकारले छुट्याएको बजेट खर्च नभएको मुक्त कमलहरीहरुको दावी छ ।

0 comments:
Post a Comment