Join us on Facebook Follow us on Twitter

share

Click

Tuesday, July 24, 2012

सुकुम्वासी राख्नेबारे सरकार र स्थानीय वासिन्दावीच छलफल

ललितपुर, साउन ९ –
थापाथलीबाट हटाईएका सुकुम्वासीलाई ललितपुरको सुन्दरीघाटमा सार्ने विषयमा विवाद भएपछि सरकारले यसबारे थप छलफल गरी निर्णय दिने बताएको छ । सुन्दरीघाट मलपोखरीका स्थानियबासिन्दाले सुकुम्बासीलाई सार्न नदिने भन्दै चरणबद्ध आन्दोलन गरेपछि सरकारले आवश्यक छलफल गरी छिटै निर्णय दिने बताएको हो । मंगलवार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा सरकार आफ्ना मागमा सकारात्मक देखिएको मलपोखरी संरक्षण संघर्ष समितिका अध्यक्ष सूर्यमान महर्जनले बताउनुभयो ।

 मंगलवार दिउँसोसम्ममा सरकारले सुकुम्वासीलाई सार्ने वा नसार्ने भन्ने विषयमा निर्णय दिने बताएको उहाँले जानकारी दिनुभयो । सुकुम्वासीलाई सार्ने सरकारको निणर्य फिर्ता नभएसम्म आन्दोलन गर्ने स्थानियबासिन्दाको अडान छ । सुकुम्वासीलाई सार्न लागेको भन्दै आइतबार र सोमबार सुन्दरीघाट मलपोखरीका बासिन्दाले ललितपुर बन्द गराएका थिए ।

0 comments:

Post a Comment