गुल्मी, साउन ९ –
लगातारको वर्षापछि पहिरो जाँदा मंगलवार विहानदेखि गुल्मीको रिडी रुद्रवेणी सडक खण्ड अवरुद्ध बनेको छ । रिडी रुद्रवेणी सडकखण्ड अन्र्तगत ग्वादी गाविस ५ साँघुरे र रुरु गाविसको पुलक्याम्प नजिकै पहिरो खस्दा सडक अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक बिनिमादेव पौडेलले जानकारी दिनुभयो । जिल्लामा सवैभन्दा वढी सवारी साधनहरु संचालन हुने यो सडक अवरुद्ध वनेपछि त्यस क्षेत्रका सवारी साधन र अन्य यात्रुहरु अहिले रिडी र रुद्रवेणीमा अलपत्र परेका छन् ।
यस्तै लगातारको वर्षापछिको पहिरोले सोमबार रात पहिरोले खानेपानीको पाईप पुरिदिएपछि गुल्मीको मुसिकोट र वडागाउँ गाविसका करिव ६ सय घरघुरी खानेपानीको समस्यामा परेका छन् । वर्षासँगै दलिङ्ग गाविसको दुनाममा पहिरो खसेपछि खानेपानीको पाईप बगाएको हो ।

0 comments:
Post a Comment