Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 22, 2012

मुखर्जी भारतको नयाँ राष्ट्रपति

साउन ७ -
प्रणव मुखर्जी भारतको नया राष्ट्रपति निर्वाचित हुनुभएको छ । १४ औं राष्ट्रपति बन्ने क्रममा मुखर्जीले लोकसभाका पूर्व अध्यक्ष पीए संगमालाई पराजित गर्नुभयो । मुखर्जीले आउँदो बुधबार पदको शपथ लिनुहुनेछ । मुखर्जीलाई संयुक्त प्रगतिशील गठबन्धन, तृणमूल काँग्रेस लागयतको समर्थन थियो । कार्यकाल अनुसार १४ औ भएपनि संख्याका हिसाबले मुखर्जी १३ औं राष्ट्रपति हुनुभएको छ ।
राजेन्द्रप्रसाद दुई कार्यकाल राष्ट्रपति बन्नुभएको थियो । भारतमा उपराष्ट्रपतिको चुनाव अगस्ट सात तारिखमा हुँदैछ ।
- एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment