Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 15, 2012

चितवनका सम्पूर्ण अस्पताल बन्द

३१ असार, चितवन 

 सुरक्षाको माग गर्दै चितवनका स्वास्थ्यकर्मीहरुले आज सम्पूर्ण काम काज ठप्प पारेका छन् । तीनदिनदेखि लगातार विभिन्न अस्पतालमा स्वास्थ्यकर्मी, चिकित्सक र अस्पतालहरु माथिआक्रमणको घटना बढेको भन्दै ईमरजेन्सी बाहेकका सम्पूर्णसेवा बन्द नेपाल चिकित्सक संघ चितवनले जनाएको छ ।
संघको अर्को निर्णय सार्वजनिक नभएसम्म सेवा बन्द गरिएको संघका सचिव डा.कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । गयराती मात्र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.महेन्द्रराज न्यौपानेमाथि आक्रमण भएपछि संघले यस्तो निर्णय गरेको छ ।

गयराती भरतपुर अस्पतालमा उपचारारत मनहरी-३ मकवानपुरका ५४ वषिर्य रामचन्द्रसामरीको मृत्यु भएपछि उनका आफन्तहरुले डा.न्यौपाने माथि आक्रमण गरेका थिए । न्यौपानको देब्रे आखामा चोट लागेको छ । आक्रमणमा संलग्न मृतकका छोरा कृष्णहरीलाई प्रहरीले विहानै नियन्त्रणमा लिइ सकेको छ ।
चिकित्सकको लापरबाहीका कारण विरामीको मृत्युभएको भन्दै शुक्रबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नर्स माथि आक्रमण भएको थियो भने शनिवार आशा नर्सिङ अस्पतालमा तोडफोड गरिएको थियो ।

यसैबीच आकस्मात सुचना टास गरि अस्पतालका सेवाहरु बन्द गरिएपछि उपचार गराउन आएका विरामीहरुमर्कामा परेका छन् । जिल्लाका विभिन्न अस्पतालमा विराहीहरु गेटमै बस्न बाध्य भएका छन् ।

0 comments:

Post a Comment