Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, July 15, 2012

दाङमा एक लाख निरक्षर

३१ असार, दाङ

दाङमा ९२ हजार ८६२ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ । जिशिकाका उपसचिव ऋषिराम ढकालका अनुसार ६६ हजार ६७५ महिला र ३० हजार १८४ पुरुष निरक्षर छन् ।
जिल्ला शिक्षा कार्यालयले विद्यार्थीको सहयोगमा पहिलोपटक सङ्कलन गरिएको निरक्षरको तथ्याङ्कमा सबैभन्दा बढी निरक्षर घोराही नगरपालिकामा र सबैभन्दा कम निरक्षर जिल्लाको विकट गाविसका रुपमा चिनिने एवम् शिक्षाको पहुँचबाट सबैभन्दा टाढा मानिएको कोइलावास गाविसमा पाइएको जिशिकाले जनाएको छ ।

जिशिकाले मातहत विद्यालयमार्फत रहेका गाविसका विद्यार्थीमार्फत तथ्याङ्क सङ्कलन गरेको हो । निरक्षरको तथ्याङ्क सङ्कलन गरेर ती क्षेत्रमा साक्षरता कक्षा सञ्चालन गरिने जनाइएको छ । जिल्लामा छ लाखभन्दा बढी जनसङ्ख्या छ । रासस

0 comments:

Post a Comment