Badi Malika Temple

Most Beauty Full Place

Bajura 2

Hamro Malika

Badi Malika Darshan 2069

Bajura's Most Peace full and best place and also beauty full temple. Badimalika Darsan,Sawan 18th

Badimalika Darshan 2069

Hamro Malika is One of the most wanderfull place to traveling. Neturally so much beautyfull - www.hamromalika.co.cc

5 title

555555555555555555555555555555555

Join us on Facebook Follow us on Twitter

share

Click

Sunday, March 4, 2012

पुटिन रुसको राष्ट्रपतिमा निर्वाचित

२२ फागुन, काठमाण्डौ । भ्लादमिर पुटिन रुसको राष्ट्रपतिमा तेश्रो कार्यकालका लागि विजयी बन्नुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाले पुटिनले ६४ प्रतिशत मत प्राप्त गरेको देखाएपछि उहाँको जित निश्चित भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी गेनेडी युगानोभले १७ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
यसैबीच पुटिनले आफु राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्नुभएको छ । राजधानी मस्कोमा समर्थकहरुको र्यालीलाई सम्बोधन गर्दै पुटिनले खुल्ला तथा इमान्दार चुनावी भिडन्तमा आफ्नो जित भएको बताउनुभयो । जितको खुसी मनाएको पुटिनका दशौँ हजार समर्थक मध्य मस्कोमा जम्मा भएका छन् । तर विपक्षीहरुले भने हिजो भएको चुनावमा पुटिन पक्षले धाँधली गरेको र धेरै मान्छेले फर्जी मत हालेको दाबी गरेका छन् । विपक्षीहरुले आज मस्कोमा विरोध प्रदर्शनको आयोजना पनि गरेका छन् ।
यसअघि दुइ कार्यकालका लागि राष्ट्रपति भैसकेका निर्वतमान प्रधानमन्त्री पुटिन तेश्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

पूर्व लडाकुको बन्दले जनजिवन प्रभावित

२२ फागुन काठमाण्डौ । अनमिनको प्रमाणिकरणबाट बर्हिगमनमा परेका माओवादी सेनाका लडाकूहरुले आहृवान गरेको बन्दका देशका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

अयोग्यको विल्ला खारेज गर्नुपर्ने, एकमुष्ट आर्थिक प्याजेक लगायत दिइनुपर्ने लगायतका ६ बुँदे माग राख्दै बर्हिगमित लडाकूहरुले आज उपत्यका बाहेकका जिल्लामा बन्द आहृवान गरेका हुन् ।
अनमिनको प्रमाणिकरणपछि बहिर्गमनमा परेका ४ हजार २ लडाकूलाई शिविरबाट निकालिएको झण्डै २ वर्ष भएपनि उचित व्यवस्थापन हुन सकेको छैन 

सोमबारबाट लोडसेडिङ सातामा ६ घण्टा घट्ने (तालिकासहित)


२० फागुन, काठमाडौं । नेपाल बिद्युत प्राधिकरण लोडसेडिङ सातामा ६ घण्टा घटाउने भएको छ । सोमबारबाट लागू हुने गरी लोडसेडिङ सातामा ६२ घण्टामा झार्न लागिएको विद्युत प्राधिकरण भार प्रेशण केन्द्रका प्रमुख चिरन्जिवी शर्माले जानकारी दिनुभयो ।
कुलेखानीमा पानी जम्मा भएको र चुहावाट नियन्त्रणका कारण लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले बताएको छ । नदीहरूमा पानीको मात्रा घट्नेक्रममा रहेको भए पनि प्रवेशिका परीक्षालाई दृष्टिगत गरी लोडसेडिङ घटाइएको हो । हाल सातामा ६८ घण्टा लोडसेडिङ हुँदै आएको छ ।
परिवर्तित तालिकाअनुसार हप्तामा दुई दिन दुई पटकमा गरेर १० घण्टा, दुई दिन साढे नौ घण्टा, दुई दिन साढे आठ घण्टा र एक दिन छ घण्टा विद्युत् आपूर्ति हुँदैन ।
विद्युत प्राधिकरणका अनुसार विद्युत चुहावट हुने क्षेत्रमा भने थप विद्युत कटौती हुने भने औद्योगिक फिडरहरु भएको क्षेत्रमा दैनिक ११ घण्टा विद्युत कटौती हुनेछ ।

छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै


२१ फागुन, कञ्चनपुर । सुदूरपश्चिममा जारी छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन हुँदैछ ।

प्रतियोगिताको कञ्चनपुरको भीमदत्तनगरस्थित खुलामञ्चमा अपराहृन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले औपचारिक रुपमा समापन गर्ने कार्यक्रम छ । प्रतियोगिताको समापनअघि आज विभिन्न १७ स्वर्णको छिनोफानो हुने राष्ट्रिय खेलकुद परिष्दले जनाएको छ । परिषद्का अनुसार धनगढीमा जिमन्यास्टिकका ७, भीमदत्तनगरमा उसुका ७ तथा महिला फुटबलमा १ स्वर्णका लागि खेल हुनेछन् ।
फुटबवलमा पीएलए स्पोर्टस् क्लब र एपीएप टोलीबीच भीडन्त हुनेछ । यस्तै काठकाडौामा विलियार्ड खेल हुँदैछ । राष्ट्रपति डा. रामवरण यादवले गत आइतबार कैलालीको धनगढी रंगशालामा भव्य समारहोबीच उद्घाटन गर्नुभएको प्रतियोगितामा कुल १ सय १८ पदकका साथ मध्यमाञ्चल शीर्ष स्थानमा छ ।

अल्छी नेताहरु कुम्लो बोकी ठिमीतिर


मिलन चौतारी

संविधानसभाको बैठक एकछिन बस्ने, उतिखेरै उठ्ने, हाँसीमजाक कुरा मात्रै हुने, तर निर्णय केही नहुने भएपछि विवादित विषयमा सहमति खोज्ने जिम्मा तीन दलका तीन शीर्ष नेताहरुलाई दिईयो । तीन नेताहरुलाई फूमन्तर गरेर सबै विवाद मिलाउँछन् भन्ने पत्यार त कसैलाई पनि थिएन । त्यसमाथि तीन दलको काम गराईको पारा सबैलाई राम्रैसित थाहा थियो । विवाद मिल्न नसेको अरुको कारण होइन, तिनै तीन दलका शीर्ष नेताहरु नै हुन् । समितिमा बसेपनि छुट्टै बसेपनि उनीहरुबीच सहमति नहुँदासम्म केही कुरा अघि बढ्दैन । तैपनि एउटा प्रयोग गरिटोपल्नुथियो, त्यही भयो । तीन दलका तीन नेताहरुले विवादित विषयमा सहमति खोज्नको लागि काम बाँडफाँड भयो ।
आफ्नो थाप्लोमा जिम्मेवारी पाएपछि त मान्छे अरु सबथोक छाडेर त्यही काममा मात्रै ध्यान दिन्छ । झिनामसिना काममा लाग्दैन । जिम्मामा आएको मुख्य काम कसरी फत्ते गर्ने भन्ने ध्याउन्नमा लाग्छ । आफ्नो जिम्मामा आएको काम छाडेर अन्त लाग्न उसलाई फुर्सद नै हुँदैन । तर आआफ्नो भागमा परेको काममा भन्दा नेताहरुको ध्यान अन्तै छ । पहिले जस्ता थिए, अहिले पनि उस्तै छन् ।
हुन त अहिले गरेको बाँडफाँड पहिलेेदेखिकै जिम्मेवारी काम हो । पहिले सामुहिक रुपमा गर्नुपर्ने थियो, अहिले भाग लगाएको मात्र । त्यसमाथि एउटाको जिम्मेवारीमा अर्कोको भूमिका नै हुन्न भन्ने होइन । प्रचण्डको भागमा परेको शान्ति प्रकृयाको कामले सुशील र झलनाथलाई पनि छुन्छ । सुशील र झलनाथको कामले प्रचण्डको पनि सम्बन्ध राख्छ । अर्थात तीनै जनाले आआफ्नो भागमा परेको काम गर्दा अर्कोको चित्त बुझ्छ कि बुझ्दैन भनेर ख्याल गर्नुपर्ने हुन्छ । त्यसैले यो जिम्मेवारी झनै महत्वपूर्ण र जटिल छ ।
तर नेताहरुले यति ठूलो महत्वको जिम्मेवारीलाई पनि हावा पारामा लिएका छन् । डेढहप्तासम्म त यिनले केही नै गरेनन् भन्दा पनि हुन्छ । प्रचण्डको एउटा प्रस्तावमा त सहमति भयो, तर खनाल र सुशीलले लिखित प्रस्ताव नै बुझाएका छैनन् । त्यसमाथि एमालेमा पहिले माधव नेपालले जिम्मेवारी पाएका थिए । अहिले उनको जिम्मेवारी खनालले लिएका छन् । त्यहींभित्रै छ टकराव । दुई नेताको हानथापका कारण सहमतिको प्रस्ताव कसले लेख्ने भन्ने विवाद हुनै नै भयो । उता कांग्रेसका सुशीललाई लेख्ने भनेको साह्रै अल्छीलाग्दो काम । जसरी पनि गर्नैपर्ने बाध्यता भएको भए सहयोगीहरुबाट भएपनि गराउँथे होला । तर गरेपनि हुने नगरेपनि हुने भएपछि किन टाउको दुखाइरहने ? त्यसैले यिनीहरु पहिले जुन ठाउँमा थिए, अहिले पनि त्यहीं छन् ।
कुखुरा पहिले कि चल्ला भन्ने पारामा यिनीहरु अझै शान्ति कि संविधान भनेर दोहोरी गाइरहेका छन् । छिटै विवाद मिलाएर अड्किएको काम अघि बढाउनुपर्ने हो । तर काम गर्नुपर्ने जिम्मेवारी पाएका नेताहरु थाल्न लागेको काम पनि बीचमै छाडेर मेला, महोत्सवको रमझममा लागेका छन् । बिहीबार शीर्ष बैठक छोडेर प्रचण्ड र प्रधानमन्त्री लुम्बिनी हानिए । प्रधानमन्त्री अझै बाहिरी जिल्लाकै दौडधूपमा व्यस्त छन् । प्रचण्ड र खनाल पनि भाषण गर्न यताउता कुदिरहेकै छन् । त्यसमाथि एमालेलाई अहिले आन्तरिक भेलाकै चटारो छ । उसै त अल्छी त्यसमाथि बरालिने मति । काम कुरो एकातिर छाडेर कुम्लो बोकी अर्कैतिर दौडिएका अल्छी नेताहरुको यही पाराले फेरि पनि बेलैमा संविधान बन्छ भनेर कसरी पत्याउने र खै ?

हावाको गतिमा गुड्ने कार

 बेलायतमा यस्तो कारको निर्माण सुरु भएको छ जुन हावाको गतिभन्दा पनि तिब्र रुपमा कुँद्न सक्छ । प्रति घण्टा १ हजार माइल अर्थात् १६१० किलोमिटर रफ्तारमा गुड्ने कारको निर्माणमा बेलायती वैज्ञानिकहरुको एक टोली जुटिरहेको छ ।
ब्लडहाउन्ड एसएससी (सुपरसोनिक कार) नाम दिइएको उक्त कारमा युरोफाइटरको टाइफुन जेट विमानको इन्जिन राखिने छ र त्यसको साथमा एक रकेट पनि जडान गरिनेछ । यसअघि बेलायतमै प्रतिघण्टा ७ सय ६३ माइलको गतिमा गुड्ने थ्रस्ट एसएससी नामको कार निर्माण भएको थियो, जुन जमिनमा गुड्ने साधनमध्ये सबैभन्दा तिब्र गतिमा गुड्ने साधनको रुपमा रहेको छ ।
परियोजनाका प्रमुख ग्रीनले कारको फ्रेम पाँचवटा कम्पनी मिलेर तयार पारिरहेका र यसको तौल एक टन हुने बताए । कारमा धेरैजसो स्टिल र आल्मुनियमको प्रयोग गरिनेछ । एक मिनेटमा दश हजार पल्ट घुम्नुपर्ने पांग्रोको फ्रेम पनि ठोस आल्मुनियमको हुनेछ ।
त्यस्तै यो कारमा प्रयोग हुने फाल्कन रकेटको निर्माण पनि निकै जटिल भएकाले विभिन्न ४० वटा कम्पनीले संयुक्त रुपमा यसको निर्माण गरिरहेका छन् । सन् २००८ बाट सुरु भएको यो परियोजना अबको केही महिनाभित्रैमा सम्पन्न गरी परीक्षण गरिने बताइएको छ । एजेन्सीको सहयोगमा

सास गन्हाएको पत्ता लगाउने मोबाइल


हालै स्पेनको बार्सिलोनामा भएको विश्व मोबाइल प्रदर्शनीमा मान्छेको स्वास दुर्गन्धित भएको बारेमा जानकारी दिने मोबाइल समेत प्रदर्शनीमा राखिएको थियो । उक्त मोबाइल फोनमा प्रयोग गरिएको अत्याधुनिक प्रविधिले मान्छेको स्वास गन्हाएको पत्ता लगाउने बताइएको छ । स्वास गन्हाउनु भनेको मुख वा स्वास नली फोहोर हुनु हो र यो बेलामा स्वासमा केही रसायन मिसिएको हुन्छ ।

विश्वमा मोबाइल फोनको बजार निकै फस्टाइरहेको छ । यो वर्षको अन्त्यसम्ममा मान्छेको संख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने यसअघि नै तथ्य सार्वजनिक भैसकेको सन्दर्भमा मोबाइल फोनको संख्यामा मात्र नभएर गुणस्तर तथा सुविधा र प्रविधिमा पनि ठूलै फड्को देखा परेको छ । विश्वमा यस्तो मोबाइल फोन समेत उत्पादन भएका छन् जसले तपाइँको सास गन्हाएको कुरा पत्ता लगाउँछन् ।
गन्हाउने स्वासमा रहेको उक्त रसायन जब मोबाइलको स्त्रिmनमा ठोक्किन्छ तब मोबाइलको उक्त प्रविधिले काम गर्छ र त्यसबारेमा मोबाइल प्रयोगकर्तालाई जानकारी दिन्छ । यसैत्री बार्सिलोनाको उक्त मोबाइल प्रदर्शनीमा घण्टौ पानीभित्र डुबेपनि नबिग्रने मोबाइल फोनका साथै १५ वर्षसम्म ब्याट्रको चार्ज खप्ने मोबाइल फोन समेत राखिएका थिए ।

परिर्वतनको जिम्मेबारी माओवादीलाई दिन सकिन्नः गौतम


खुलामञ्चमा सभा जारी

काठमाडौंको खुलामञ्चमा आयोजित राष्टिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उहाँले दुई दुई पटकसम्म मुलुकको नेतृत्व गरिसक्दा पनि माओवादीले विद्रोहको धम्की दिन नछाडेको भन्दै अब विद्रोह के का लागि भन्ने पश्न गर्नुभयो । उहाँले भन्नुभयो-’आजपनि माओवादी हत्या हिंसा र बकालत गरिहेको छ, अब कसको विरुद्धमा जनविद्रोह ? राजतन्त्र अन्त्य भइसक्यो, अब जनविद्रोह कसका विरुद्ध ?’ सरकार बाहिर रहँदा भारततिर बन्दुक तर्‍र्याउने र सरकारमा गएपछि सबै थोक गरिदिने गरेको भन्दै भन्दै उहाँले वर्तमान सरकारलाई किसानमानाको संज्ञा दिनुभयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कुर्सी टिकाइराख्न भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका अगाडी घुँडा टेकेको भन्दै गौतेमले भन्नुभयो-’यो सरकार जतिदिन बढी बस्छ, मुलुक खाल्डोमा पर्छ ।’२१ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले परिर्वतनको जिम्मेबारी माओवादीलाई दिन नसकिने बताउनु भएको छ । चार वर्षसम्म सहकार्य गर्दा पनि माओवादीले हिंसा र विद्रोह नत्यागेको भन्दै गौतमले भन्नुभयो-’अब परिर्वतनको जिम्मेबारी माओवादीलाइए दिन सकिँदैन । नयाँ नेपाल बनाउन यो पार्टीबाट सम्भव छैन ।’
मधेसी मोर्चा मधेसी जनताका लागि नभई भ्रष्टाचार गर्न सरकारमा गएको भन्दै उहाँले भ्रष्टाचार गर्न नपाउँदा मुलुक टुक्राउने धम्की दिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो-’पाँच सय वर्षदेखि यो मुुलुक जिउँदा जाग्दोछ, कसको तागत छ यो मुलुक टुक्राउने ?’ काम नलाग्ने भइसकेको संसदीय व्यवस्थाको वकालत गर्ने कांग्रेसले पनि मुलुकको नेतृत्व गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो-’अब यो मुलुकको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।’ संविधान बनेपनि र नबनेपनि देश र जनताको संरक्षण गर्ने जिम्मेबारी एमालेले बोक्नु पर्ने उहाँको भनाई छ । फुटेको र अनुशासनहीन पार्टीले ऐतिहासिक जिम्मेबारी पूरा गर्न नसक्ने भन्दै उहाँले भन्नुभयो-’अब इतिहासले एमालेलाई ऐतिहासिक जिम्मेबारी दिँदैछ, त्यसलाई पूरा गर्न एमाले एकतावद्ध हुनुको विकल्प छैन ।’ एमालेलाई गुट र फुटमा लैजान नदिने भन्दै उहाँले केन्द्रदेखि तलसम्म एमालेलाई एकतावद्ध बनाईछाड्ने दृढता व्यक्त गर्नुभयो ।
सेनाको जर्नेल कर्नेलमा भागबण्डा हुन सक्दैनः पोखरेल
एमाले महासचिव इश्वर पोखरेलले नेपाली सेनाको जर्नेल कर्नेलमा भागबण्डा हुन नसक्ने बताउनु भएको छ ।  राष्टिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै महासचिव पोखरेलले जनयुद्ध लडेको नाममा सेनामा हिस्सादारी खोजे स्वीकार्य नहुने बताउनु भयो । ‘नेपाली सेनाको जर्नेल, कर्नेलमा भागबण्डा हुन सक्दैन’ उहाँले भन्नुभयो-’समायोजनमा जाने हो भने मापदण्ड पूरा गरेर आउ, तर हिजो जनयुद्ध लडेका नाममा हिस्सेदारी चाहिन्छ भन्ने हो भने त्यो एमालेलाई किमार्थ मान्य हुने छैन ।’ उहाँले हिंसासहितको माओवादीसँग सहकार्य गर्न नसकिने भन्दै हिंसा त्यागेर आउन आग्रह गर्नुभयो ।
एमाले महासचिव पोखरेलले परिवर्तनलाई स्वीकार गरेको कांग्रेस र हिंसा त्यागेको माओवादीसँग मात्र सहकार्य गर्न सकिने बताउनु भयो । पोखरेलले आफ्नो सम्वोधनको अधिकांश समय माओवादी र कांग्रेसको आलोचनामा खर्चनु भएको थियो ।
खुलामञ्चमा एमाले सभा शुरु
पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद बैठक शुरु गर्नुअघि नेकपा एमालेले राजधानीमा बृहत जनप्रदर्शन गरेको छ । उपत्यकाका बिभिन्न १६ ठाउँबाट निस्केको र्याली खुलामञ्च पुग्ने क्रम चलिरहेको छ । जुलुसको नेतृत्व गरेका पार्टीका शीर्ष नेताहरु पनि मञ्चमा बसिसकेका छन् । दिउसो १२ बजे शुरु हुने भनिएको सभा केहीबेरअघि मात्र शुरु भएको छ ।
नेताहरुले शान्ति र संविधान निर्माणसागै राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक विषयमा सम्बोधन गर्ने तयारी छ । कार्यकर्ता नेताको भाषण सुन्न व्यग्र प्रतीक्षामा छन् । यसैबीच कान नसुन्नेहरुका लागि एमालेले सांकेतिक भाषाबाट समेत उल्था गर्ने व्यवस्था गरेको छ । नेताहरुले बोलेको कुरा साँकेतिक भाषाबाट उल्था गरिदिन मञ्च छेऊमै दोभाषेहरु खटिएका छन् ।
उनीहरुले नेताहरुले बोलेको कुरालाई हातको भाउ लगाएर प्रदर्शन गर्दैछन् । संसद बैठकमा हुने गरेको यस्तो व्यवस्थालाई एमालेले आमसभामा समेत प्रयोग गरेको छ ।

संविधान जारी गर्न नदिन प्रतिगामी शक्ति सक्रिय भए : प्रधानमन्त्री


२१ फागुन, प्यूठान । प्रधानमन्त्री डा. बावुराम भट्राईले शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्शमा पुग्न नदिन प्रतिगामी शक्तिहरु सक्रिय हुन थालेको आरोप लगाउनु भएको छ । निर्धारित समय जेठ १४ गते कुनै पनि हालतमा संविधान जारी हुने भन्दै उहाँले प्रतिगामी शक्तिको त्यस्तो मनोकांक्षा कुने पनि हातलमा पुरा हुन नदिने उहाँको भनाई छ ।

आइतवार प्यूठानमा आयोजित बृहत जनसभालाई सम्वोधन गर्दै प्रधानमन्त्री भट्टराईले शान्ति र संविधान जारी गर्न नदिन प्रतिगामी शक्तिहरु सक्रिय भएपनि त्यस्ता षड्यन्त्रलाई चिरेरै भएपनि जेठ १४ भित्रै संविधान जारी गर्ने प्रतिबद्धता जनाउनु भयो ।  प्रधानमन्त्रीले पछिल्लो केही समय यता सेना समायोजन लगायतका विषयमा दलहरुवीच गम्भीर छलफल भइरहेको भन्दै छिट्टै दलहरुवीच रहेका विवादको अन्त्य हुने र छिट्टै समायोजन प्रक्रिया अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले सरकार शान्ति, संविधान, सुशासन र समृद्धिलाई प्राथमिकताका साथ अगाडी वढाएको वताउनु भयो ।  एकीकृत माओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराईले शसस्त्र युद्धबाट शुरु भएको क्रान्ति अहिले सडक, सदन र सरकारबाट एकैसाथ भइरहेको वताउनुभयो ।

कालिमाटी घटनाको सत्थतथ्य बाहिर ल्याउन प्रधानमन्त्रीको निर्देशन



२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार र आफ्ना प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेललाई कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा गएराति भएको आगलागीका सम्बन्धमा अध्ययन गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले आज बिहान सरकारी निवास बालुवाटारमा बोलाएर गच्छदार र पौडेललाई त्यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले घटनाको कारण, आगलागीमा भएको क्षतिलगायतका विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारी संयन्त्र परिचालन गर्न पनि निर्देशन दिनुभएको छ । मन्त्री गच्छदार र पौडेल घटनास्थल निरीक्षणका लागी कालिकमाटी जाने कार्यक्रम छ ।
बिजुली सर्ट भएपछि कालिमाटी तरकारी बजारको मुख्य भवनमा गएराति भएको आगलागी ६ एकै परिवारका ४ सहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दाङको हलवार गाविस-१ स्थायी घर भई तरकारी बजारमा सुरक्षा गार्डका रुपमा कार्यरत हिराबहादुर पुन मगर, छोरीहरु शान्ति र निरा तथा छोरा निरञ्जनसहित अन्य दुई जनाको ज्यान गएको थियो । घटनामा ज्यान गुमाएका अन्य दुईको शव नचिनिने अवस्थामा रहेकाले सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घटनामा गम्भीर घाइते भएकी मृत पुनकी श्रीमती हिक्काको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । राति १० बजे सल्केको आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा चार घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीमा करिब १० करोड बराबरको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
आगलागीबाट गोदामघरमा राखिएका झण्डै ६ सय मेटि्रकटन तरकारी नष्ट भएको कालिमाटी तरकारी तथा फलफूल व्यवसायी संघले जनाएको छ । प्रहरीले रातिदेखि नै क्षतिको विवरण संकलनको काम गरिरहेको छ । अहिले तरकारी बजारभित्र कसैलाई प्रवेश गर्न दिइएको छैन । तरकारी बोकेर आएका गाडीसमेत मुल गेट बाहिरको सडकमै रोकिएका छन् ।

जनवादी संविधान बनाउने सपना नदेख : सिंह


२१ फागुन, वीरगञ्ज । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सत्तारुढ एकीकृत माओवादी शान्ति प्रक्रिया टुंगाउने र संविधान नै जारी नगर्ने षड्यन्त्रमा लागेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आइतवार विहान गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले  एकीकृत माओवादीको ढिपी र अनेक थरीका बाधा व्यवधानले देश गम्भीर संकटमा धकेलिन थालेको वताउनु भयो ।
महामन्त्री सिंहले एकीकृत माओवादीका कारण नै संविधान लेखन र शान्ति प्रक्रियाले गति लिन नसकेको दाबी समेत गर्नुभयो । एकीकृत माओवादी दलहरुवीच भएको ७ बुँदे सहमति अनुसार इमान्दार भएर हिडे शान्ति र संविधान निर्धारित समयमै टुंगोमा पुग्ने वताउनु भयो ।
एकीकृत माओवादीले चाहे जस्तो जनवादी संविधान नेपालमा बन्न नसक्ने भन्दै उहाँले त्यस्तो संविधान जारी गर्ने दिवास्वप्ना नदेख्न माओवादीलाई सुझाव दिनु भयो ।

राजधानीमा एमालेको भव्य तामझाम


ट्राफिक व्यवस्था अस्तव्यस्त

२१ फागुन, काठमाडौं । चार वर्षअघि संविधानसभा चुनावको प्रचारप्रसारलाई झल्को दिने गरी राजधानीमा आईतबार एमालेले भव्य जनप्रदर्शन र सभाको आयोजना गरेको छ । देशका ठाउँठाउँबाट आएका नेता कार्यकर्ता समेतको उपस्थितिले राजधानीलाई एमालेमय बनाएको छ । हँसिया हथौडा र सूर्य अंकित झण्डा सहित एमाले कार्यकर्ताहरुले राष्ट्रिय झण्डाको पनि प्रदर्शन गरेका छन् । बाजागाजा, झाँकी र नृत्य सहितको र्यालीले प्रदर्शनलाई झन् आकर्षण थपेको छ ।
कलंकी, कोटेश्वर, गौशाला, सातदोबाटो, गौशाला, चाबहिल लगायतका नाकाबाट बिहान ११ बजेदेखि नै शुरु भएको र्यालीले उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनाएको छ । बाहिरबाट जुलुस सहित आएका गाडीलाई चक्रपथमै रोकेर कार्यकर्ताहरु जुलुसमा सहभागी भएका छन् । जुलुस एकैपटक अगाडि बढेर खुलामञ्चमा केन्दि्रत भएको हो । अहिले जुलुस खुलामञ्च आउने क्रम चलिरहेको छ । खुलामञ्च र रत्नपार्कमा मान्छे खचाखच भरिएका छन् भने झण्डा र ब्यानर सहितका प्रदर्शनकारीका कारण त्यस क्षेत्र झकिझकाउ देखिएको छ । धेरै कार्यकर्ताले लगाएका कपडामा पनि सूर्य र हँसिया हथौडाको चित्र बनाइएको देखिन्छ । दिउसोको उखरमाउलो गर्मीमा समेत नेताहरुका भाषण सुन्न कार्यकर्ता उत्सुकताका साथ खुलामञ्चमा जम्मा भएका छन् । एमालेले आजको प्रदर्शनमा दुईलाख कार्यकर्ता उतार्ने दावी गरेको छ ।
जुलुस खुलामञ्चमा जम्मा हुने क्रम चलिरहेकोले सभा शुरु हुन ढिलाई भएको छ । केहीबेरपछि शुरु हुने सभालाई अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, केपी शर्मा ओली लगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।