Badi Malika Temple

Most Beauty Full Place

Bajura 2

Hamro Malika

Badi Malika Darshan 2069

Bajura's Most Peace full and best place and also beauty full temple. Badimalika Darsan,Sawan 18th

Badimalika Darshan 2069

Hamro Malika is One of the most wanderfull place to traveling. Neturally so much beautyfull - www.hamromalika.co.cc

5 title

555555555555555555555555555555555

Join us on Facebook Follow us on Twitter

share

Click

Monday, February 27, 2012

बाजुरा संक्षिप्त परिचय


बाजुरा जिल्लाको संक्षिप्त परिचय
संक्षिप्त चिनारी
बाजुरा जिल्लाको नामाकरण झुर्रा बाझको अप्रभंश हुदै बाज झुर्रा र बाजझुर्राबाट बाजुरा रहन गएको देखिन्छ । नेपाल राज्यकै विकट एवं विकासका दृष्टिकोणले पिछडिएको बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएता पनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र अस्तीत्व नरही, यो भूमि त्यस बेलाको जुम्ला राज्यमा पर्दथ्यो, जसलाई सिंजा राज्य भन्ने चलन थियो । केन्द्रिय शासन जुम्लाबाट संचालन गरिएता पनि हालको बाजुरा जिल्लामा पनि त्यस राज्यका प्रतिनिधिहरु बस्दथे, यहाँ पनि सहायक दरबार थियो । दरबार भएको ठाउलाई कोट भनिन्थ्यो । यस बाजुरा दरबारबाट सिंजा दरबारमा राजाको आदेशअनुसार वाज पठाउनु पर्दथ्यो । वाजभन्ने चरालाई पासोद्वारा समातिन्थ्यो ।ती बाज चराहरुको नाम भाले शाही बाज र पोथीलाई झुर्रा बाझ भनिन्थ्यो । राजाले आफ्नो दरबारमा बाज पठाई दिने आदेश अनुरुप बाजको लागि पासो थाप्दा पासोमा शाहीबाज भाले नपरी पासोमा झुर्रा बाझ पोथी परेछ। शाहीबाज पार्न नसकेको झुर्रा बाझ पारेको खबर सहित पोथीलाई राजाको दरबारमा पठाएछन् । राजाले शाहीबाजको चाहना गरेको तर झुर्रा बाझ प्राप्त गरेकोले त्यस कोटको नाम पोथीबाजको नाम उल्टावाट बाझुर्राकोट राखेछन् । बाझुर्राकोटको नाम अपभ्रंश हुदै बाजुरीकोट भयो र त्यसै बाजुरी कोटको नामबाट बाजुरा रहेको किम्बदन्ति छ ।

बाजुरा जिल्लाको परिचय
भौगोलिक स्थिति
 क्षेत्रफल ः २१८८ वर्ग कि.मि.
 खेती योग्य जमिन ः २३३४५ हेक्टर (११।५ प्रतिशत)
 खेती खेती नगरिएको जमिन ः ८८१३ हेक्टर
 चरण क्षेत्र ः ३८०९५ हेक्टर
 वन क्षेत्र ः ९८६४६ हेक्टर
 अन्य ः ४२०९० हेक्टर
खाद्यान्नको अवस्था
 ३ महिना भन्दा कम खाना पुग्ने घरधुरी ३८।७ प्रतिशत
 ३ देखि ६ महिना सम्म खाना पुग्ने घरधुरी २७।४ प्रतिशत
 ६ देखि ९ महिना सम्म खाना पुग्ने घरधुरी ७।६ प्रतिशत
 १२ महिना सम्म खाना पुग्ने घरधुरी ४।४ प्रतिशत
 अन्य १४।१४ प्रतिशत
 भुमी हिन ७।५ प्रतिशत
जन संख्या विवरण
 कुल जन संख्याः १०८,७८१ (२०५८ सालको जनगणना अनुसार)
 महिला ः५४९४७
 पुरुषः ५३८३४
 जम्मा घरधुरी संख्याः २०३७८
 औषत परिवार संख्याः ५।३४
 जन संख्या बृद्धिदर ः १।८२ प्रतिशत
 औषत आयू ः ४१ बर्ष
 जम्मा गा.वि.स. संख्याः २७

साक्षरता
 साक्षरता प्रतिशत ः ३१।३०
 महिला साक्षरता प्रतिशत ः १६।७
 पुरुष साक्षरता प्रतिशत ः ४५।२
 निजि क्षेत्रमा सञ्चालित स्नातक तहका क्याम्पसहरु ः ३ वटा
 उच्च मा.वि. ः १२
 मा.वि. ः ४१
 नि.मा.वि. ः ४४
 प्रा.वि. ः१६१
 बाल विकास केन्द्र ः ः२२३ वटा
स्वास्थ्य
 जिल्ला अस्पताल ः १ वटा
 प्राथमिक स्वास्थ्य चौकी ः १ वटा
 स्वास्थ्य चौकी ः ११ वटा
 उपस्वास्थ्य चौकी ः १५ वटा
खाने पानी तथा बिजुली बत्तीको अवस्था
 खानेपानीको पहुच भएको घरधुरी संख्या ः ८६।८६ ५
 शौचालय रहेको घरधुरी संख्याः ः २१ ५
 बिजुली बत्तिको सुविधा पुगेको गा.वि.स. ः ९ (बिद्युत प्रा.लि २ र साना जवि ७ वटा)

Hamro Malika's Photos

अर्जुन शाह::ekantipur.com
बाजुरा, - सिमसिमे झरी होस या मुसलधारे पानी ! त्यसैमा कठ्यागि्रदो जाडो, केही प्रवाह छैन त्यहाँ पुगेकाहरुलाई । एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्कोतिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो र मन !
हुन पनि धार्मिक आस्था र प्राकृतिक सुन्दरताको वयान गरी नसक्नु छ बडीमालिकाको । सुदूरपश्चिममकै मुख्य धार्मिक तथा पर्यटकीय गन्तव्य मानिने यो क्षेत्र बाजुरामा अवस्थित छ । '१४ हजार फिट उचाईमा रहेको यस भूमिमा पुगेपछि त्यहाँ पुग्दा भोगेको दुःख कष्ट त्यसै हराउँछ,' टिकापुरका एकिन्द्र तिमिल्सिनाले बडीमालिकाको महत्व चर्चा गरे ।
त्यति अग्लो भूमिमा दर्जनौ समथर हरिया फाँटहरु । अग्लो भूमिका समथर फाँटहरुलाई स्थानीय भाषामा पाटन भनिन्छ । पाटनहरुमाथि फुलेका सप्तरङ्गी फुलहरु, त्यसैमाथि सेताम्मे भेडाका बथानहरुको रमणियताले कसको मन नलोभ्याउथ्यो र ! 'बडीमालिका पुगेपछि मन चङ्गा झै हुन्छ' कैलालीका सुरज श्रेष्ठ अनुभव सुनाउँछन् ।
बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती भन्ने स्थान त झन अचम्मको छ । परापुर्वकालदेखि नै त्यहाँ रहेको खेत रोपिएको, धान, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउाका मुठाहरु जस्ताका तस्तै छन । उहिले भगवती र मैसासुर राक्षसको लडाई हुादा खेती लगाउँदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किवदन्ती छ खेतीवेतीको  ।
डाँफे र मुनाल जस्ता हेरुहेरु लाग्ने दुर्लभ चराचुरुङ्गी, साथै कस्तुरी र झालर जस्ता लोपोन्मुख वन्यजन्तुको फुर्तिपन देख्दा त बडिमालिका पुगेका पर्यटक तथा तिर्थालुहरुका लागि सदा अविश्मरणीय रहिरहने बाजुराका तत्कालिन प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रशाद पाण्डे बताउँछन् ।
अझ, आस्तिकहरुका लागि त साच्चिकै भगवान प्रकट भाएको भान हुने भएपछि श्रद्धालुहरुको भक्ति र आस्थामा बडीमालिकाको महत्व उच्च छ । मागेको बरदान पुरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको हो । पुत्रलाभ, धन, विद्या वरवधु लगायतका वरदानहरु पुरा हुने भएकाले महिमा बढेको पुजारी भानुभक्त पाध्याले बताए ।
गंगा दशहरा र जनै पूणिर्मा गरी वर्षको दुई पटक बडिमालिकामा पुजाआजा हुन्छ । यसै बेला तिर्थालु तथा पर्यटकहरु यहाँ पुग्छन् । सदरमुकाम मार्तडीदेखि तीन दिनको पैदल हिडेपछि यहाँ पुगिन्छ । 




Friday, February 24, 2012

फेसबुकमै जब्सको जिवनी


एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सको निधन भएको ४ महिना भएको छ । जब्सको निधनपछि पनि एप्पल कम्पनीले आफ्नो रफ्तार छाडेको छैन तरपनि व्यक्तिको मृत्युपछि बिर्सिँदै जाने संस्कार भएकाले जब्स पनि जनसाधारणको स्मृतिबाट क्रमशः टाढा हुँदैछन् । तर जब्सको सम्झनालाई ताजा बनाइराख्ने र उनको बारेमा बुझ्न चाहनेका लागि पर्याप्त सामाग्री उपलब्ध गराइदिने प्रयास स्वरुप एकजना अनलाइन फ्यानले फेसबुक टाइमलाइन मार्फत जब्सलाई अमर बनाउने कोसिस गरेका छन् ।

सिंगापूरका पि|mलान्स आइप्याड डेभलपर सिमोन लाउले तयार पारेको उक्त फेसबुक सामाग्रीमा स्टिभ जब्सका जिवनका इतिबृत्त समावेश गरिएको छ । जसमा उनको जन्मदेखि मृत्युसम्मका सबै विषय समेटिएको छ । असहाय बालक स्टिभलाई पाउल जब्स र क्लारा जब्स दम्पतीले धर्मपूत्र बनाएर भित्राएदेखि उनको जिवनका हरेक उतारचढाव समेट्ने कोसिस लाउले गरेका छन् ।

फेसबुक टाइमलाइनमा लाउले तयार पारेको जब्सको जिवनी सम्बन्धि सामाग्रीलाई फेसबुकले यसअघि हटाएको भएपनि फेरी पुनस्र्थापित गरेको हो । जब्सको जिवनीको टाइमलाइनमा उनको रुचीका ब्याण्ड, मनपर्ने खेलाडि वाइने ग्रेट्स्की लगायतका सन्दर्भ पनि जोडिएको छ ।

सयौँ तस्वीर तथा भिडियो समावेश गरिएको टाइमलाइन सिर्जना गर्न दुइ हप्ता लागेको लाउले बताए । स्टिभको अचम्मको जिवनकथा बुझ्न चाहनेको लागि आफुले फेसबुक टाइमलाइन तयार पारेको उनको भनाइ छ । टाइमलाइनमा जब्सको नेतृत्वमा रहँदा एप्पल कम्पनीले सार्वजनिक गरेका प्रडक्ट, उनको विद्यार्थी जिवन तथा उनले जितेका अवार्ड लगायतका विषय पनि समावेश गरिएको छ ।
Facebook links
https://www.facebook.com/steviepauljobs

अमेरिकाले नेपाललाई थप सहयोग गर्ने

१२, फागुन, काठमाण्डौ । नेपालमा जारी शान्ति प्रक्रियालाई निष्कर्शमा पुर्‍याउन अमेरिकाले थप सहयोग गर्ने भएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय सिंहदरबारमा शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीसंग शुक्रवार भएको भेटवार्तामा नेपालका लागि कार्यबाहक अमेरिकी राजदूत प्याटि्रसिया ए. माहोनीले यस्तो प्रतिवद्धता जनाउनु भएको हो ।


भेटमा कार्यबाहक अमेरिकी राजदूत माहोनीले नेपालको शान्ति प्रक्रिया ठीक ढंगले नै अघि बढिरहेकोमा खुशी व्यक्त गर्दै राजनीतिक दलहरुको तत्परतामा शान्ति र संविधानको कामले अझ तीव्रता पाउनेमा विस्वास व्यक्त गर्नुभयो । राजदूत माहोनीले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सदैव सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा अझ थप सहयोग गर्ने बताउनुभयो । भेटका क्रममा शान्ति तथा पुनर्निर्माण मन्त्री सत्य पहाडीले नेपालको शान्ति प्रक्रियामा अमेरिकाले सकारात्मक सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै नेपालमा शान्ति प्रक्रियाका काम तीव्र रुपमा अघि बढिरहेको बताउनुभयो ।

शान्ति प्रक्रिया पूरा गर्ने क्रममा आगामी दिनमा पनि अमेरिकाको सहयोग जारी रहनेमा आफू आशावादी रहेको समेत मन्त्री पहाडीले बताउनुभयो । भेटमा युएस एडका मिसन डाइरेक्टर डेभिड सी. अट्टबेरी पनि सहभागी थिए ।

श्रम शोषणमा परेकी महिलालाई १५ लाख अमेरिकी डलर क्षेतिपूर्ति

१२ फागुन, न्यूयोर्क । अमेरिकाको एक अदालतले अमेरिकामा वस्दै आएकी एक नेपाली भाषी युवतीलाई श्रम शोषण गरेको अभियोगमा भारतिय विदेश मन्त्रालयकी एक उच्च कुटनितिक अधिकारीलाई १५ लाख अमेरिकी डलर क्षेतिपूर्ती तिराउने फैसला गरेको छ । अमेरिकाको न्युयोर्कस्थित साउदन डिस्ट्रीक्ट कोर्टले वुधवार सयुंक्त राष्ट्रका लागि न्यूयोर्कस्थित भारतीय नियोगमा कार्यरत तत्कालीन प्रेस, संस्कृति, सूचना र सामुदायिक मामिलासम्बन्धि काउन्सुलर निना मलहोत्रा र उनका पति ईन्जिनियर जोगेश मलहोत्रालाई पीडित दार्जिलिङकी शान्ति गुरुङको मुद्दामा उक्त रकम तिर्न आदेश दिएको हो ।

आफूलाई बाल श्रम शोषण र दास बनाएको लगायतका २० अभियोगसहित हदैसम्मको कारवाहीको माग गर्दै नेपाली भाषी दार्जिलिङ सुकुनाकी गुरुङले गत २०६७ भदौमा न्युयोर्कको फेडेरल कोर्टमा मुद्दा दर्ता गरेकी थिइन्। गुरुङले दायर गरेको रीटमा १७ वर्षको उमेरमा अपहरणको शैलीबाट आफूलाई मलहोत्रा दम्पतीले न्यूयोर्क पुर्‍याएको र दासको रुपमा झण्डै साढे तीन बर्ष घरेलु कामदार बनाएको उल्लेख छ। नेपाली भाषी गुरुङले दायर गरेको मुद्धामा अमेरिकाको न्युयोर्कस्थित साउदन डिस्ट्रीक्ट कोटका न्यायाधीश फ्राङ्क मासले फैसला गरेका हुन् ।

गुरुङको संरक्षणमा तथा उनको पक्षमा हरपल साथ दिएकी अधिकार संस्थाकी अधिकारकर्मी नर्वदा क्षेत्रीले अदालतको फैसला एैतिहासिक भएको र यो जित एकमात्र नेपाली भाषीको मात्र नभएर सिंगो नेपाली भाषी महिलाहरुकै जित भएको प्रतिक्रिया दिनु भयो ।पीडीत नेपाली भाषी गुरुङको पक्षमा न्युयोर्कमा सक्रिय आप्रवासी नेपालीहरुको एकमात्र सक्रिय सामाजिक संस्था अधिकारकी कार्यकारी निर्देशक लुना रन्जित सक्रियतामा दुई ल र्फम गिब्सन, डुन एण्ड क्रुचर ल र्फम र अर्बान जस्टिस सेन्टरले निःशुल्क लडेका थिए ।

गाउँलेको प्रयासले सिङ्गो गाविस लोडसेडिङमुक्त

१२ फागुन, स्याङ्जा । गाउँलेको सामूहिक प्रयासले स्याङ्जाको विकट गाविस चित्रेभन्ज्याङ् गाविस लोडसेडिङ मुक्त भएको छ । सिङ्गो देश नै ऊर्जा सङ्कटको भूमरीमा परिरहेका बेला स्थानीयवासीको सामूहिक प्रयासले लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याइएपछि चित्रेभन्ज्याङ गाविस लोडसेडिङबाट मुक्त भएको हो ।

चित्रेवासीले पुतपुते दोस्रो लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत गाउँमा वितरण गरी गाविसलाई लोडसेडिङ मुक्त बनाएका हुन् । मग्याम चिसापानी गाविस-८ र ९ को सिमानामा रहेको पुतपुते खोलामा २०६५ सालबाट लघु जलविद्युत आयोजना निर्माण सुरु गरिएको थियो । आयोजनाबाट उत्पादित कूल ९८ किलोवाट विद्युत् गाविसमा वितरण गरी गाविसलाई लोडसेडिङमुक्त बनाइएको विद्युत् उपभोक्ता समितिका अध्यक्ष खीमबहादुर थापाले बताउनुभयो ।अध्यक्ष थापाका अनुसार गाविसमा रहेका ८ सय ३४ घरधुरीका झन्डै आठ हजार उपभोक्ता विद्युत् सेवाबाट लाभान्वित भएका छन् ।

मुक्तिनाथ विकास बैंकको ३५ लाखसहित वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबाट एक करोड ३१ लाख, जिविसको १९ लाख, गाविसको २८ लाख र उपभोक्ताको लगानी तथा श्रमदानवापत् रु एक करोड ५३ लाख ४६ गरी कूल तीन करोड ३१ लाख ४६ हजार रुपैयाँको लागतमा सो आयोजना सम्पन्न भएको हो ।आफ्नै प्रयासबाट सिङ्गो गाउँ नै झिलिमिली हुनुको विद्युत सुविधाबाट कुटानी, पिसानी गर्न, टेलिभिजन हेर्न, कम्प्युटर सञ्चालन गर्न पाएपछि गाउँलेहरु हषिर्त भएका छन् । विद्युत् आयोजना सञ्चालनमा आएपछि गाविसमा आठवटा राइस मिल पनि सञ्चालनमा आएका छन् । रासस

यादव भन्छन्-एउटा भ्रष्टाचारी जेल जाँदा को दुःखी हुन्छ ?


१२ फागुन, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता मधेसी भएकाले नभई भ्रष्टाचारी भएकाले जेल परेको बताउनु भएको छ ।

आनलाइनखबरका लागि अन्तरवार्ता दिँदै यादवले मधेस आन्दोलन नहुँदै गरेको भ्रष्टाचारमा सर्वोच्चले दोषी ठहर गरेको भन्दै यसलाई मधेससँग जोड्न नहुने बताउनु भयो । उहाँले भन्नुभयो-’गिरिजाप्रसाद कोइरालासँग भएका बेला गरेको भ्रष्टाचारमा सर्वोच्चले दोषी ठहर गरेको हो । योसँग मधेस आन्दोलनको कुनै साइनो छैन ।’

भ्रष्टाचारीको कुनै जात, समुदाय, धर्म नहुने भन्दै उहाँले भ्रष्टाचारीलाई भ्रष्टाचारीकै रुपमा हेर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’भ्रष्टाचारी भ्रष्टाचारी नै हुन् । गुप्ताले मधेस आन्दोलनमा लागेकै कारण दण्डित गरिएको हो भनेका छन् नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’के पूर्व प्रहरी प्रमुख हेमबहादुर गुरुङले म आदिवासी भएकै कारण जेल हालिएको हो भने मिल्छ ?’

गुप्ता जेल जाँदा सबैभन्दा बढी तपाई खुसी हुनु भो रे नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’एउटा भ्रष्टाचारी जेल जाँदा को दुःखी हुन्छ र ? सबैभन्दा खुसी त उनकै गाउँमा मनाइएको छ ।’ भ्रष्टाचारीहरुलाई तपाईले नै पार्टीमा ल्याएर छुनपानी छर्किएर चोख्याएको हैन भन्ने प्रश्नमा उहाँले गुप्ता, विजयकुमार गच्छदार लगायतलाई पार्टीमा भित्र्याउनु आफू र आफ्नो पार्टीको सबैभन्दा ठूला भूल भएको बताउनु भयो । ‘गुप्ता, गच्छदार लगायतलाई पार्टीमा ल्याउनु नै हाम्रो सबैभन्दा ठूलो भूल हो भनेर हामीले स्वीकार गरिसकेका छौं’ उहाँले भन्नुभयो-’त्यसको परिणाम हामीले भोगिसकेका छौं ।’

फोरम नेपालका अध्यक्ष यादवले पार्टीबाट अलग भइसकेपछि मात्र गुप्ता भ्रष्टाचारमा दोषी ठहर हुँदा पार्टी ठूलो संकटबाट बचेको बताउनु भयो । फोरम नेपालका अध्यक्ष यादवसँगको अन्तरवार्ता शनिबार प्रकाशित गरिनेछ ।

Thursday, February 23, 2012

Bajura photo's

Wednesday, February 22, 2012

बिहीवारवाट लोडसेडिङ दैनिक १० घण्टामात्रै हुने

१० फागुन, काठमाण्डौ । दैनिक ११ घण्टाका दरले हुदै आएको लोडसेडिङ विहीवारवाट दैनिक एक घण्टा घटेर दैनिक १० घण्टा हुने भएको छ ।

उर्जाको माग पछिल्ला दिनहरुमा मेही कमी आएका कारण लोडसेडिङ दैनिक एक घण्टाका दरले घटाएर दैनिक १० घण्टामा सिमिति गरिएको प्रधिकरणले जनाएको छ । प्राधिकरणले वुधवार सार्वजनिक गरेको तालिका अनुसार विहीवारवाट लागुहुने गरी दैनिक १० घण्टा र सातामा ७५ घण्टा लोडसेडिङ हुने छ ।

औद्योगिक क्षेत्रमा हाल भइरहेको लोडसेडिङवाट घटेर १ घण्टा कम हुनेछ । प्राधिकरणका अनुसार हाल औद्योगिक क्षेत्रमा दैनिक १४ घण्टाका दरले लोडसेडिङ हुदै आएको छ ।

म बाधक होइन, साधक बन्छुः प्रधानमन्त्री


१० फागुन, काठमाडौँ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू बाधक नभई साधक बन्ने बताउनुभएको छ ।

माओवादी उपाध्यक्षसमेत रहेका भट्टराईले पार्टी अध्यक्ष प्रचण्डसँग बुधबार भएको भेटमा त्यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्री भट्टराई उहाँकै निवास लाजिम्पाट पुग्नुभएको थियो । ‘राष्ट्रिय सहमति हुनुपर्छ भन्ने विषयमा मैलै धेरै पहिलेदेखि आफ्नो स्पष्ट अडान राख्दै आएको छु’, भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पार्टीले सरकारमा पठाएर गएको हुँ’, फिर्ता बोलाएको खण्डमा जुनसुकै बेला राजीनामा दिन तयार छु ।’ तर, राष्ट्रिय सहमतिको सरकार गठन तथा शान्ति र संविधानको ग्यारेन्टी नहुँदासम्म सरकार छोड्न नहुनेमा भट्टराईको जोड थियो । पार्टी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने वातावरण नभएसम्म राजीनामा दिनुको औचित्य नहुने प्रधानमन्त्रीले बताउनुभएको थियो ।

प्रधानमन्त्री भट्टराईले वैद्य पक्षले यथास्थितिमा सरकार छोड्न दबाब दिइरहेको भन्दै त्यसबारे अध्यक्ष प्रचण्डसँग स्पष्टता माग गर्नुभएको थियो । जवाफमा प्रचण्डले राष्ट्रिय सहमतिको वातावरण तयार नुहँदासम्म सरकारबाट बाहिरिने कुरामा आफ्नो असहमति रहेको तर, राष्ट्रिय सहमतिको वातावरण बनेको अवस्थामा भने पार्टी बाधक बन्न नहुने बताउनुभएको स्रोतले जानकारी दिएको छ । लाजिम्पाट स्रोतका अनुसार अध्यक्ष प्रचण्डले वाइसीएलमा रहेका पूर्वलडाकुलाई राहत दिने विषयमा सोच्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा प्रधानमन्त्रीले राज्यकोषबाट वाइसीएललाई रकम दिन नसकिने स्पष्ट गर्दै उनीहरुलाई सामुहिक श्रममा लगाउनुपर्ने बताउनुभएको थियो । त्यसका लागि सरकारले सक्दो सहयोग पुर्‍याउने भट्टराईको भनाइ थियो ।

अब मोबाइलको संख्या मान्छेको भन्दा बढि


विश्वमा यहीँ वर्ष भित्रैमा मोबाइल फोनको संख्या मान्छेको संख्या भन्दा बढि हुँदैछ । नेटवर्क कम्पनी सिस्कोले गरेको अध्ययनले यो वर्ष सन् २०१२ मै विश्वमा मोबाइल फोनको संख्या जनसंख्या भन्दा बढि हुने देखाएको हो । अहिले विश्वको जनसंख्या ७ अर्ब रहेकोमा मोबाइलको संख्या ६ अर्ब भन्दा बढि भैसकेको छ । सिस्कोका अनुसार विश्वमा सन् २०१६ सम्ममा मोबाइलको संख्या १० अर्ब नाघ्नेछ ।
सिस्कोका अनुसार त्यो समयसम्ममा मोबाइल नेटवर्कमा हरेक वर्ष १३० हेक्साबाइट्स डाटा हुनेछन् । यो डाटा यति ठूलो परिमाण हो की यदि यी सबै डाटालाई डिभीडीमा संग्रहित गर्न चाहेमा ३३ अरब डिभिडीको आवश्यकता पर्नेछ ।
अध्ययनले पछिल्लो समयमा मोबाइलमार्फत डाटा आदानप्रदान तथा प्रयोग र संग्रहको क्रम निकै बढेको र डाटाको प्रयोग बढ्नु मोबाइल कम्पनीहरुका लागि टाउको दुखाइको विषय बनेको निष्कर्ष निकालेको छ । अहिले स्मार्टफोनका उपभोक्ताले औषतमा १५० मेगाबाइट्स डाटा उपयोग गरिरहेको र सन् २०१६ सम्ममा यो आँकडा २.६ गिगाबाइट्स पुग्ने सिस्कोको भनाइ छ ।
१६ सम्ममा ६० प्रतिशत मोबाइल प्रयोगकर्ताले एक महिनामा कम्तिमा १ गिगाबाइट डाटा प्रयोग गर्ने अनुमान गरिएको छ । डाटा लोड बढ्नुको मुख्य कारण भिडियो डाटाको प्रयोग बढ्नु रहेको भन्दै सिस्कोले लोड बढेसँगै नेटकर्वको क्षमता विस्तारमा ध्यान दिइनुपर्ने बताएको छ । एजेन्सी

Saturday, February 18, 2012

Bajura



Bajura

Bajura District a part of Seti Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Martadi as its district headquarters, covers an area of 2,188 km² and has a population (2001) of 108,781.
Bajura District Towns and villages
 AtichaurBaddhuBaiBarhabiseBichhiyaBramhatolaBudhigangaChhataraDahakotDogadiGotreeGudukhati,JagannathJayabagesworiJugadaKailashmandauKandaKoltiKotilaKuldeumadauManakotMartadiPandusain,RuginSappataTolodewal,